राजनीति

पूर्व उपप्रधानमन्त्री गच्छदार ५ हजार मतान्तरले पछाडि

इकागज |
मंसिर ११, २०७९ आइतबार १२:३९ बजे

फाइल फाेटाे

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत सुनसरी क्षेत्र नं ३ मा सत्तापक्ष नेपाली काँग्रेसका विजयकुमार गच्छदार उम्मेदवार छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट भगवती चौधरी उम्मेदवार छिन् । 
उनीहरू बीच प्रतिस्पर्धा जारी छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार एमालेकी चौधरी २० हजार ५७५ मतसहित अग्रस्थानमा छिन् । निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका गच्छदार १५ हजार ५५४ मतका साथ दोस्रो स्थानमा छन् ।

उसो त मतान्तर पाँच हजार २१ हुँदै गर्दा उपप्रधानमन्त्री समेत भइसकेका गच्छदारलाई जित्न हम्मेहम्मे नै छ । उनी जिते पनि सांसद हुँदैनन् ।



Author

थप समाचार
x