राजनीति

माधव नेपालको पार्टीले थ्रेसहाेल्ड कटाउने संकेतपछि केपी ओलीलाई छटपटी

इकागज |
मंसिर १०, २०७९ शनिवार २०:३७ बजे

काठमाडौं- ​माधवकुमार नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी)को समानुपातिकतर्फ थ्रेसहाेल्ड कट्न सक्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली​लाई छटपटी भएकाे छ । 

समानुपातिकतर्फ केही पार्टीको मतको वृद्धि अस्वाभाविक देखिएको भन्दै ओलीले आशंका समेत व्यक्त गरेका छन् । साे बारे केन्द्रित हुँदै सामाजिक सञ्जालमार्फत उनले सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा अस्वाभाविक नतिजा देखिन थालेकाे भन्दै आशंका व्यक्त गरेका हुन् ।


उनले लेखेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ । जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् ।’

मतगणनामा प्रतिनिधि रहेका आफ्ना कार्यकर्तालाई मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको म्यासेज बक्समा पठाउन अनुरोध गरेका छन् ।

 


Author

थप समाचार
x