राजनीति

झलनाथले हार स्वीकार्न नसक्दा धाँधली भएको आरोप : युवा संघका नेता पौडेल

इकागज |
मंसिर १०, २०७९ शनिबार १५:३५ बजे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हार स्वीकार्न नसक्दा धाँधली भएको आरोप लगाएको राष्ट्रिय युवा संघ नेपालका नेता निरोज पौडेलले बताएका छन् ।

'यदि चुनावको दिन घटना भएको थियो भने तत्काल नै भन्नुपर्ने थियो,' उनले भने, 'तर, त्यसो भएन अहिले आएर मिडिया बाजी गर्दा बाँकी रहेको इज्जत पनि जाने निश्चित छ ।'


झलनाथले विकास नगरेको र पार्टी फुटाएको विषयमा रिसाएर भोट नदिएको उनको भनाइ छ । 'निर्वाचनको परिणाम आउँदै गएपछि प्रतिक्रिया जनाउनु भनेको हार स्वीकार गर्न नसक्नु हो,' उनले थपे, 'लोकतन्त्रमा हार र जीत दुवै सुन्दर पक्ष हुन् । जनताले दिएको मतको कदर गर्नुपर्छ । अपमान गर्नु भएन ।'

झलनाथले मिडिया बाजी गर्दा बाँकी रहेको इज्जत जाने उनको भनाइ छ । ‘सरकारी स्रोत, साधन र शक्ति रहँदा कसले धाँधली गरेका होलान्,’ उनले प्रश्न गर्दै भने ।

इलाम १ मा ५९ हजार ९०६ खसेको थियो । आज सातौं दिनमा करिब ४० हजार मत गणना भइसकेको उनले जानकारी दिए । उक्त क्षेत्रमा महेश बस्नेत अघिअघि र झलनाथ खनाल पछिपछि छन् ।

 

 


Author

थप समाचार
x