राजनीति

अर्घाखाँचीमा अब ५० वर्षसम्म एमाले बाहेक कसैले जित्दैन : रायमाझी

इकागज |
मंसिर ८, २०७९ बिहिवार १९:४९ बजे

फाइल तस्वीर

काठमाडौँ- नेकपा एमालेका नव निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अब ५० वर्षसम्म एमाले बाहेक अरु कसैले पनि जित्न नसक्ने दाबी गरेका छन् । उनले अन्य दललाई लक्षित गर्दै अब ५० वर्षसम्म जित्ने सपना नदेख्न पनि चुनौती दिएका छन् ।

सत्ता गठबन्धनको घेरबन्दीलाई तोडेर एमालेले यहाँ तीनवटै सिटमा चुनाव जितेर असफल पारेको उनले बताए । सन्धिखर्कमा भएको विजय र्‍याली तथा धन्यवाद सभालाई सम्बोधन गर्दै रायमाझीले एमालेका विरुद्ध एक्लै लड्ने आँट नभएपछि गठबन्धन बनेको र त्यो पनि असफल भएकाले अब ५० वर्षको चुनावसम्मका लागि अर्घाखाँचीमा एमाले बाहेक अरु कसैले पनि जित्नसक्ने हिम्मत नराख्ने दाबी गरे । र्‍यालीमा बोल्दै उनले भने, ‘अब गठबन्धन चल्दैन, टिक्दैन,’ उनले भने, ‘जनतालाई गठबन्धन मन परेको छैन, असफल भए । हामीले सोचेजस्तै सफलता हात पर्‍यो ।’


 


Author

थप समाचार
x