प्रतिगमनकारी शक्तिहरूले गठबन्धन भत्काउने षड्यन्त्र गरिरहेका छन् : गंगा दाहाल
काठमाडौँ - नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य गंगा दाहालले प्रतिगमनकारी शक्तिहरूले सीट बाँडफाँटमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र गरिरहेको बताएकी छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले गठबन्धन भत्काएर देशलाई फेरि प्रतिगमनतर्फ लैजाने दिवास्वप्न देखिरहेको बताएकी हुन् ।
गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाबनेको भन्दै गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पुरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस भन्ने आफूहरूको चाहना भएको उनको भनाइ छ । यही मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन्, भने त्यो लोकतन्त्र , संघीयता र प्राप्त उपलब्धिमाथि घात हुने उनको ठहर छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया