गुरु घिमिरेको समर्थन गर्दै गोकुल बास्कोटाले गरे गगन थापाको आलोचना
काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाली कांग्रेसका नेता गगन थापाको आलोचना गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता गुरु घिमिरेप्रति सहानुभूति देखाउँदै थापाको आलोचना गरेका हुन् ।
‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो,’ नेता बास्कोटाले भनेका छन्, ‘तर चुपचाप र शान्त देखिने गुरु घिमिरेले दलीय राजनीतिको वास्तविक मर्मरक्षाको राजनीति गरेको देखियो ।’
घिमिरेले दलीय राजनीतिको वास्तविक मर्मरक्षा गरेपनि फाइदा भने थापाले नै लिने उनले जनाएका छन् ।
‘गुमाउन त गुरुले नै गुमाउँछन् तर गगनसामु गुरुले स्पस्ट रूपमा काँडा छाप छोड्ने भए,’ नेता बास्कोटाले लेखेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया