राजनीति

विवेकशील साझा छोडेर अनुपा श्रेष्ठ कांग्रेसमा प्रवेश

इकागज |
असोज १०, २०७९ सोमवार २०:१४ बजे

काठमाडौँ - विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । सोमबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टीको सदस्यता दिएर स्वागत गरेका हुन् ।

श्रेष्ठ गत २०७४ को निर्वाचनमा काठमाडौँ ७ बाट संघीय संसद्को निर्वाचनमा सदस्यका लागि निर्वाचनमा सहभागी भएकी थिइन् । उनले मुलुकको हितका लागि कांग्रेसको विकल्प नभएको भन्दै कांग्रेसमा प्रवेश गरेको बताएकी छन् । अनुपा नेपाली कांग्रेसमा सहभागी प्रवेश कार्यक्रममा नेता भीमसेनदास प्रधानको पनि  उपस्थिति थियो । 



Author

थप समाचार
x