नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ- नागरिकता विधेयक प्रमाणीकरण नगरेकाे भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीकाे कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकाे छ । संविधानले गरेको व्यवस्था उल्लंघन गरेर नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको हाे ।
अधिवक्ता तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका निवर्तमान सदस्य सुनीलरन्जन सिंहले संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै पेस गरेको रिट बिहीबार दर्ता भएको हो ।
रिटमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएकाे छ । राष्ट्रपतिले संविधानको घोर उल्लंघन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया