राजनीति

वन मन्त्रालयका कामलाई थप प्रभावकारी बनाउँछौँ : मन्त्री यादव

इकागज |
साउन ३१, २०७९ मगलवार १९:३० बजे

फाइल फोटो

काठमाडौँ - वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारबाहीलाई थप प्रभावकारी बनाइने बताएका छन् । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको संघीयतामा वन तथा वातावरण समस्या र समाधानका उपायसम्बन्धी बैठकमा उनले मन्त्रालयद्वारा गरिँदै आएका विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पुर्‍याइने खालका काम र योजना अघि सारिने बताए । स्वदेशको काठ उत्पादनलाई बढाउने र विदेशी काठ आयातलाई प्रतिस्थापन गरिने उनको भनाइ थियो ।


यसैगरी मन्त्री यादवले सातवटै प्रदेशका मन्त्रालयसँग समन्वय गरेर समग्रमा वन, जङ्गल र वन्यजन्तुको संरक्षण तथा प्रवद्र्धन गर्न, मानव र वन्यजन्तुका बीच हुने द्वन्द्वलाई सधैँका लागि अन्त्य गर्न आवश्यक समाधान खोजिने जानकारी दिए । 

कार्यक्रममा उनले मन्त्रालयमा भएका विभिन्न कानुनी अड्चनको निर्क्योल निकाल्न र मुख्यतः यस क्षेत्रमा लामो समयदेखि काम गरिरहनुभएका कर्मचारीसँग उनीहरुका अनुभव साझा गर्दै आगामी दिनको कार्यदिशा तय गरिने बताए । 


Author

थप समाचार
x