राजनीति

मङ्सिर ४ गते हुने निर्वाचनका लागि आयोगमा ८४ राजनीतिक दलको निवेदन दर्ता

इकागज |
साउन ३१, २०७९ मगलवार १९:२५ बजे

काठमाडौँ- निर्वाचनमा आयोगमा ८४ वटा राजनीतिक दल दर्ताका लागि आवेदन दिएका छन् । मङ्सिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगले मंगलबारसम्म अन्तिम समय दिएको थियो ।

आयोगले साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम गत २२ देखि ३१ गतेसम्म दल दर्ता गर्न अन्तिम समय तोकेको थियो ।


आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज अन्तिम दिनसम्म ८४ राजनीतिक दलले दल दर्ताका लागि आवेदन दिएको जानकारी दिए । उनका अनुसार पहिलो निवेदन राष्ट्रिय जनमत पार्टीले आवेदन दिएको थियो ।

राजनीतिक दलले दल दर्ता गर्दा आवश्यक कागजात पेस गर्नुपर्छ । निर्वाचनमा भाग लिन दलले वार्षिक आयव्यय विवरणको प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था आयोगले उल्लेख गरेको छ ।


Author

थप समाचार
x