राजनीति

सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने

इकागज |
साउन ३१, २०७९ मगलवार १९:३४ बजे

काठमाडौँ- निर्वाचन आयोगले संयुक्त निर्वाचन चिन्ह लिएर चुनावमा प्रतिष्पर्धा गरेपनि निर्वाचनपछि भने सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने बताएकाे छ ।

मंगलबार सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोग, नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावमा कुनै एउटा चिन्हबाट प्रतिष्पर्धा गरेको भएपनि निर्वाचनपछि चुनाव चिन्ह लिएको दलको भन्दा अर्को पार्टीले बढी सिट ल्याएमा बढी सिट ल्याएको पार्टीको नाममा संसदीय दल गठन हुने बताएका हुन् । उनले पार्टीमा सदस्य फरकफरक भएपनि संसदीय दल भने एउटै रहने जानकारी दिए । उनले संसदीय दलको ह्वीप यदी मानेनन् भने त्यसमा सदस्यता नरहने सम्मको कानुनी व्यवस्था रहेको उल्लेख गरे ।


प्रवक्ता पौडेलले मतदाता नामावली अद्यावधिकको काम अहिले ७७ वटै जिल्लामा भइरहेको बताए । उनले निर्वाचन आयोगले अहिले प्रतिनिधि र प्रदेश सभा सदस्यको पर्यवेक्षणको लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु पनि आह्वान गर्न लागेको जिकिर गरे ।

निर्वाचनका लागि चाहिने सामग्रीहरू टेण्डरको लागि पनि काम भइरहेको बताए । उनले निर्वाचनका लागि चाहिने बजेटको बारेमा पनि छलफल भइसकेको उल्लेख गरे ।


Author

थप समाचार
x