राजनीति

राप्रपा नेपाल साझा घर हो, सबैलाई 'स्पेस' छ  : महामन्त्री बर्तौला

इकागज |
साउन ३१, २०७९ मंगलबार ६:५५ बजे

काठमाडौं - राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पार्टीलाई सबै नेपालीको साझा घर बनाउनु पर्नेमा जोड दिएका छन् । उनले पार्टीमा विचारका आधारमा कसैलाई निषेध नगरिने भन्दै सबैलाई ठाउँ (स्पेस) दिइने बताए । 

राष्ट्रिय युवा मोर्चा नेपालद्वारा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले राप्रपा नेपाल सकारात्मक परिवर्तनको निमित्त जनताको मन मष्तिष्क बदल्ने आन्दोलनको नेतृत्व गरिरहेको बताए । आगामी निर्वाचनमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउन युवाहरूको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहने विचार व्यक्त गरे । 


युवा मोर्चाका अध्यक्ष नगेन्द्र देउजाले राप्रपा नेपालको गति रोक्ने खोज्ने षड्यन्त्रलाई परास्त गर्दै पार्टीलाई राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराई छाड्ने दृढता ब्यक्त गरे । भेलाले रबिन उप्रेतीको अध्यक्षतामा ३५ युवा मोर्चा सिन्धुपाल्चोक जिल्ला समिति चयन गरेको छ ।


Author

थप समाचार
x