राजनीति

राप्रपा नेपालको केन्द्रीय समिति बैठक सुरु

इकागज |
साउन ३०, २०७९ सोमवार १०:३ बजे

काठमाडौँ - राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सुरु भएको छ । बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् । 

थापाले मुलुकको पछिल्लो अवस्थाबारे संक्षिप्त भनाइ राखेका छन् । अहिले थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भाबी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् । 


बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन , महामन्त्री सुशील श्रेष्ठले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिवेदन , अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन , प्रदेश अध्यक्षहरूको प्रतिवेदन  प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने विषयमा महत्त्वपूर्ण छलफल हुने उनले बताए । प्रस्तुत कार्यपत्र र प्रतिवेदनमा आजैबाट टिप्पणी शुरु हुनेछ। बैठक भोलि पनि चल्ने प्रवक्ता सुरेश आचार्यले बताए ।


Author

थप समाचार
x