राजनीति

चीन भ्रमण सफल भयाे : परराष्ट्रमन्त्री खड्का

इकागज |
साउन २६, २०७९ बिहीबार २०:३५ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का बिहीबार साँझ स्वदेश फर्किएका छन् ।

चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा चीन गएका मन्त्री खड्का बिहीबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले आफ्नो चीन भ्रमण सफल भएको बताए ।


भ्रमणका क्रममा विगतमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार भएको उनले बताए । चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा घोषणा भएको ३.५ बिलियन चिनियाँ युआन सहयोगको उपयोगबारे रचनात्मक कुरा भएको उनले जानकारी दिए । त्यस्तै उनले सीमानाका कोभिड महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति पनि दुई पक्षबीच भएको जानकारी दिए ।

भेटवार्ताका क्रममा चीनले काठमाडौँ चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरु गर्ने आश्वासन दिएको उनले जानकारी दिए ।


Author

थप समाचार
x