राजनीति

कृष्णहरि पुष्कर अर्थ सचिवमा नियुक्त

इकागज |
साउन २६, २०७९ १९:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । 

यसअघि अर्थ सचिवमा मधु मरासिनी रहेकोमा उनको सरुवा प्रधानमन्त्री कार्यालयमा भएको छ ।


बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका थिए ।



Author

थप समाचार
ad
x