विवाह गरेको भोलिपल्ट नागरिकता दिने व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा

फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगीकृत सम्बन्धी व्यवस्था राष्ट्रहित विपरीत रहेको बताएका छन् ।
‘संसदले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादास्पद छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिन सकिने वैवाहिक अंगीकृत सम्बन्धी व्यवस्था राष्ट्रहित विपरीत र आपत्तिजनक छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधन सम्बन्धी विधेयक पुनर्विचारको लागि फिर्ता पठाउनु देशको लागि हित हुने समेत उनले बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया