राजनीति

नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखमा विश्वदीप पाण्डे

इकागज |
साउन २६, २०७९ बिहीबार १७:६ बजे

काठमाडौँ- नेपाल समाजवादी पार्टीले प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ । आज काठमाडौँमा बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको प्रेस सल्लाहकारको समेत जिम्मेवारी निर्वाह गरेका पाण्डे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको अध्ययन गर्ने र मिडियामैत्री राजनीतिज्ञको रुपमा समेत परिचित छन् ।


सञ्चारकर्मीले राजनीतिज्ञबाट अपेक्षा राख्‍ने सहज सूचनाको प्रवाहमा विना कञ्जुस्याइँ सूचना प्रवाह गर्ने र मिडिया तथा मिडियाकर्मीले चाहँदा सहजै उपलब्ध हुने थोरै राजनीतिज्ञमध्ये एकका रुपमा समेत पाण्डेको छवि बनेको छ । पाण्डे मिडियासँग सु-सम्बन्ध राख्‍न कुशल मानिन्छन्  । साथै मिडियामैत्री र मिडिया व्यवस्थापनमा कुशल व्यवस्थापकको रुपमा लिइन्छ ।

यसैगरी बैठकले फणीन्द्र देवकोटालाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।


Author

थप समाचार
x