राजनीति

विश्वविद्यालयहरूले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्छ : प्रधानमन्त्री

इकागज |
साउन २६, २०७९ बिहीबार १७:२ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरूले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरूले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताएका हुन् । उनले कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने उल्लेख गरे ।


प्रधानमन्त्रीले विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने बताए । उनले विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी बनाउन प्राध्यापकहरू प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई अनुसन्धानमूलक, जीवनोपयोगी, रोजगारमुलक बनाउनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयहरूका समस्याहरूलाई आपसी संवादमा समाधान गर्नुपर्ने बताए ।


Author

थप समाचार
x