राजनीति

प्रधानमन्त्री संसद्‍प्रति जवाफदेही नभएकाे खगराज अधिकारीकाे आराेप

इकागज |
साउन २४, २०७९ मंगलबार १४:३४ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैँ संसद्‍प्रति जवाफदेही नभएको आरोप लगाएका ​छन् ।

पूर्वगृहमन्त्री समेत रहेका सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधि सभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति समेत जनाए । उनले सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दाबी गरे ।


मंगलबार आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले आफ्नो पार्टी राज्यका हरेक निकायमा महिलाहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउन निरन्तर लागि रहेको बताए ।

सांसद अधिकारीले महिलाहरूसँग क्षमता भएकाले उनीहरूलाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारी बढाउने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि जिकिर गरे ।


Author

थप समाचार
x