राजनीति

महिलाहरू समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्‍न पनि सक्षम : रंगमती शाही

इकागज |
साउन २४, २०७९ मंगलबार १४:२४ बजे

काठमाडौँ- नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले महिलाहरु समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्‍न पनि तयार र सक्षम रहेको बताएकी छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्‍ने व्यवस्था कानुनमा नै बाध्यकारी बनाउनुपर्ने जिकिर गरिन् ।


सांसद शाहीले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभेदपूर्ण रहेको बताइन् । उहाँले आगामी निर्वाचनमा महिलालाई प्रत्यक्ष निर्वाचनमा उठाएर विजयी सुनिश्चित गर्नुपर्ने माग गरिन् । सांसद शाहीले गत स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेर जाँदा महिला उम्मेदवारी अनिवार्य नभएको उल्लेख गर्दै आगामी संघ र प्रदेश सदस्यको निर्वाचनमा प्रत्यक्षमा महिला उम्मेदवार संविधान बमोजिम सुनिश्चित गर्नुपर्ने बताइन् ।

सांसद शाहीले कानुनले नै बाध्यकारी बनाउने हो भने दलहरूले महिलालाई उम्मेदवारी बनाउने निश्चित रहेको उल्लेख गरिन् । 


Author

थप समाचार
x