राजनीति

सरकारी कर्मचारीको तलबमा विभेद गर्नु गलत : सांसद त्रिपाठी

इकागज |
साउन २४, २०७९ मंगलबार १४:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- सांसद हृदयेश त्रिपाठीले सरकारी कर्मचारीको तलबमा विभेद गर्नु गलत भएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले राजपत्र अनङ्कित कर्मचारी १५ प्रतिशत र राजपत्र अङ्कित कर्मचारीका लागि २४ देखि २६ प्रतिशत तलब वृद्धि गरेर सरकारले विभेद गरेको बताएका हुन् । आफूहरूलाई विभेद गरेको भन्दै आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।


सांसद त्रिपाठीले संविधान जारी भएपछि सबैभन्दा पहिला निजामती ऐन जारी हुनुपर्ने बताउँदै समयमै ऐन जारी नभएका कारण पनि निजामती सेवामा केही समस्या हुने गरेको उनले जिकिर गरे ।

त्यस्तै सांसद निरादेवी जैरुले उनले दलित समुदायका व्यक्तिलाई हेपेर नाम राखेर नागरिकता दिने गरिएको भन्दै नागरिकता वितरण गर्ने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरे ।

उनले सप्तकोसीमा भएको बाढीका कारण त्यस क्षेत्रका नागरिक मर्कामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 


Author

थप समाचार
x