राजनीति

आदिवासीलाई अवसरबाट बञ्चित हुन नदिन सबै मिल्नु पर्छ : प्रधानमन्त्री

इकागज |
साउन २३, २०७९ सोमबार १७:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधानमा उल्लेख आदिवासीका हकहित स्थापित गर्न सरकार क्रियाशील रहँदै आएको बताएका छन् ।

विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको ज्ञान सिप र सांस्कृतिक परम्परालाई संरक्षण गर्दै संविधानमा उल्लेख हकहित स्थापित गर्न क्रियाशील रहँदै आएको बताएका हुन् ।  


प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर उनीहरूलाई कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने उल्लेख गरे ।  

उनले मुलुकको बिभिन्न परिवर्तनमा आदिवासी जनजाति समुदायको योगदानलाई उच्च मूल्याङ्कन गरिएको धारणा पनि राखे । प्रधानमन्त्री देउवाले आदिवासी जनजाति समुदायको विकास, उनीहरूका हक अधिकारको सुनिश्चितताका लागि महासङ्घले अघि बढाउने हरेक सवालमा सरकारले सदैव साथ दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा कांग्रेसका नेताहरुले आदिवासी जनजातिको अधिकार स्थापित गर्दै मुलुकको विकासको बाटोमा अघि बढाउनका लागि सबै तत्पर हुनुपर्ने धारणा राखेका थिए ।


Author

थप समाचार
x