राजनीति

गुँला पर्वमा पर्यटनमन्त्री श्रेष्ठ सहभागी, स्वयम्भू महाचैत्यको परिक्रमा

इकागज |
साउन २३, २०७९ सोमवार १६:५९ बजे

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागी भइ काठमाडौंको स्वयम्भू महाचैत्य परिक्रमा गरेका छन् । 

नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमा गरेका हुन् । 
 
गुँला पर्व बुद्ध धर्मवालम्बी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको मन्त्री श्रेष्ठले बताए । काठमाडौंको बौद्ध परम्परामा यसको विशेष महत्व रहेको उनको भनाइ छ । `गुँला` महिना भर धाः घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा(खिं) जस्ता बाजा बजाई पूजापाठ गर्ने प्रचलन छ । 


यस पर्वमा अघिअघि बाजा र सङ्गीत, पछि पछि भक्तजनहरू रहने गर्दछन् । यस पर्वले विभिन्न बाजा लगायत संस्कृतिको संरक्षणमा टेवा पुर्याएको चर्चा गर्दै मन्त्री श्रेष्ठले यसको जीवन्तताको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए । 
 


Author

थप समाचार
x