राजनीति

संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग

इकागज |
साउन २३, २०७९ सोमबार १५:१८ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

सांसद बेल्बासेले राष्ट्रिय सभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद् रहेको छ ।


सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेल्बासेले संविधान संशोधन गरी त्यसलाई सात सदस्यीय बनाउन उपयुक्त हुने तर्क गरिन् । संवैधानिक परिषदसम्बन्धी विधेयक सभामा छलफल भइरहेको उल्लेख गर्दै उनले त्यसमा सो व्यवस्था गर्न सबै सांसदहरूको ध्यानाकर्षण समेत गराइन् ।

सांसद बेल्बासेले संवैधानिक परिषद्लाई आफ्नो काम सहज ढंगले अघि बढाउन पनि सात सदस्यीय बनाउन उपयुक्त हुने दाबी गरिन् ।


Author

थप समाचार
x