राजनीति

म मन्त्री हुँदा गरेका निर्णयहरू नयाँ आएका मन्त्रीले उल्टाउन थाले : रामकुमारी झाँक्री

इकागज |
साउन २३, २०७९ सोमबार १४:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफू सहरी विकास मन्त्रालयमा रहँदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन् ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफूले मन्त्रालयमा हुँदा गरेका निर्णयहरू नयाँ आएका सहरी विकास मन्त्रालय मेटमणी चौधरीले उल्टाउन थालेको भन्दै आपत्ति जनाएकी हुन् । उनले जुनसुकै मन्त्रीले पनि राम्रा काम गरेको छ भने त्यसलाई निरन्तरता दिनुपर्ने बताइन् ।


झाँक्रीले एउटै पार्टीमा रहेका व्यक्ति बीचको विचार फरक हुनसक्ने भन्दै आफ्नो कामको जिम्मा दिने तर अर्काको कामको जिम्मा नलिने तर्क गरिन् । उनले आफू मन्त्री रहँदा योजनाबद्ध रूपमा काम गरेको भन्दै विकास निर्माणका विषयमा बिभिन्न नीतिहरू परिमार्जनको प्रयास गरेको जिकिर गरिन् ।

झाँक्रीले असारको अन्तिम समयमा बजेट सिध्याउनकै लागि काम गर्दा त्यसको गुणस्तरमा कमी आएको र यस विषयमा पनि आफू मन्त्रालयमा रहँदा सार्वजनिक खरिद प्रक्रियामा जोड दिएको धारणा राखिन् । 

 


Author

थप समाचार
x