राजनीति

भारतमा दुई मन्त्रीलाई छुट्टाछुट्टै विषयमा हिरासतमा लिइने

इकागज |
साउन २२, २०७९ आइतबार १५:५३ बजे

काठमाडौं– भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारका दुई मन्त्री नराम्रो तरिकाले फसेका छन् ।  

मन्त्रीहरुमा राकेश सचान र संजय निषाद रहेका छन् । दुवै मन्त्रीलाई छुट्टाछुट्टै विषयमा हिरासतमा लिइने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । निषादका विरुद्ध गोरखपुरको सीजेएम अदालतले गैर जमानती वारेन्ट जारी गरेको छ । सचान लाई ३१ वर्ष पुरानो एक विषयमा अदालतले दोषी ठहराएको हो । 


अदालतमा सजाय सुनाउनभन्दा पहिले नै मन्त्री भागेको चर्चा पनि छ । 

यस विषयमा पनि उनका विरुद्ध अदालतको पेशेवारले उजुरी दर्ता गराउनका लागि पुलिसलाई तारेख तोकिदिएको छ ।
 


Author

थप समाचार
x