राजनीति

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाका रूपमा लियो : योगश भट्टराई

इकागज |
साउन २२, २०७९ आइतवार १२:३० बजे

काठमाडौँ - नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाको रूपमा बुझिरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने उनले बताए । 

सांसद भट्टराईले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै एक लाखबाट अब १० लाख बनाउनुपर्ने उनले बताए । सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको उनको आरोप छ । उनले सत्तारुढ पाँचदलीय गठबन्धन सरकारलाई पञ्चमुखी सरकारको संज्ञा दिए । उनले गंगाललमा अस्पतालमा ६० बर्षे उमेरहदका कारण सेवानिवृत्त गर्नुपर्ने डाक्टरका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्रीको निर्देशनमा ६३ वर्षको उमेर हद गर्नेगरेर नियमावली संशोधन गरिएकोप्रति आपत्ति जनाए ।



Author

थप समाचार
x