राजनीति

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोभिड संक्रमण

इकागज |
साउन १६, २०७९ सोमबार २१:६ बजे

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोभिड-१९ संक्रमण भएको छ । 

आज गरिएको परीक्षणबाट पोखरेलमा कोभिड पोजेटिभ देखिएको हो । पोखरेलमा संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् । 


उनलाई निमोनियाको लक्षण पनि देखिएको छ । स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।


Author

थप समाचार
x