राजनीति

छिट्टै नेपाललाई युरोपियन युनियनले कालो सूचीबाट हटाउँछ : पर्यटनमन्त्री

इकागज |
साउन १५, २०७९ आइतबार १७:२० बजे

फाइल तस्बिर

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताएका छन् ।

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालो सूचीबाट हटाउने बताएका हुन् । उनले आईकाओले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको उल्लेख गरे ।


मन्त्री श्रेष्ठले सम्बन्धित पक्षले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौ भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताए ।


Author

थप समाचार
x