राजनीति

सशस्त्र द्वन्द्वका पीडकलाई उन्मुक्ति दिनेगरी विधेयक ल्याएको भन्दै माइतीघरमा धर्ना

इकागज |
साउन १५, २०७९ आइतबार १२:२३ बजे

काठमाडौं– सरकारले सशस्त्र द्वन्द्वका क्रममा सरकार र विद्रोही पक्षबाट अन्याय भोगका पीडितका पीडकलाई उन्मिुक्ति दिनेगरी विधेयक ल्याएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । 

नेपाल माओवादी पीडित संघ, द्वन्द पीडित समुदाय र नागरिक समाजको आयोजनामा भएको उक्त कार्यक्रम सरकारले संक्रमणकालीन न्याय कानूनलाई संशोधन गर्न बनेको त्रुटिपूर्ण भएको भन्दै आइतबार बिहान प्रदर्शन भएको हो । 


प्रदर्शनकारीहरूले विधेयकका त्रुटिपूर्ण प्रावधानलाई हटाउनुपर्ने माग राखेका छन् भने दण्डहिनतालाई प्रश्रय दिने विधेयक कुनै पनि हालतमा आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिउका छन् । 

सरकारले गत असार ३१ गते प्रतिनिधि सभामा संक्रमणकालीन न्याय कानूलाई संशोधन गर्न ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य तथा मेलमिलाप आयोग ऐन, २०७१’ पेश गरेको थियो । 


 

तस्बिर : कमल विष्ट


Author

थप समाचार
x