राजनीति

संघीय तथा प्रदेश निर्वाचन मंसिर २ मा गर्ने आयोगको तयारी

इकागज |
असार २१, २०७९ मगलवार १९:५ बजे

फाइल फोटो

काठमाडौँ -  निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन मंसिर २ गते गर्न सरकारलाई सुझाव दिने भएको छ । 

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मिति सिफारिस गर्ने तयारी गरेको आयोग स्रोतले जनाएको छ । आयोग पदाधिकारीले बुधबार प्रधानमन्त्री देउवालाई भेट्न समय लिएका छन् । 


आयोगले  एकैचरणमा निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ । एकैचरणमा निर्वाचन गर्दा खर्च कम लाग्ने आयोगको ठहर छ । 

आयोगले मंसिर ५ गतेका लागि पनि निर्वाचनको वैकल्पिक मिति हुने बताएको छ, तर आयोगको प्राथमिकता भने मंसिर २ नै रहेको एक आयुक्तले बताए । 


Author

थप समाचार
x