राजनीति

स्वदेश फर्किए सभामुख सापकोटा

इकागज |
असार १९, २०७९ आइतबार २०:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- संलग्‍न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनमा भाग लिएर सभामुख अग्निप्रसाद सापकोटा स्वदेश फर्किएका छन् ।

अजरबैजानको राजधानी बाकुमा सम्पन्‍न उक्त सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आइतबार साँझ स्वदेश फर्किएका हुन् । यहीं असार १४ गते त्यसतर्फ प्रस्थान गरेको नेपाली संसदीय प्रतिनिधि मण्डलका तर्फबाट सभामुख सापकोटाले असार १६ गते सम्मेलनलाई सम्बोधन गरेका थिए ।


सो क्रममा असंलग्‍न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न नेपालको सहयोग  र ऐक्यबद्धता व्यक्त गरिएको सभामुख सापकोटाले जानकारी दिए ।

त्यस्तै बाकुमा रहँदा आयोजक राष्ट्र अजरबैजानका सभामुख साइबा गफारोवालगायतसँग दुई पक्षीय भेटवार्ता भएको उनले जानकारी दिए ।

नेपाली संसदीय प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल गौतम, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई लगायत सहभागी भएका थिए ।


Author

थप समाचार
x