राजनीति

राज्यले धेरै सम्पत्ति हुने मान्छेहरूको नाम सार्वजनिक गर्नुपर्छ : सुवाल

इकागज |
असार १७, २०७९ शुक्रबार १७:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धन, सम्पत्ति हुने मान्छेहरूको नाम सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा बोल्दै सांसद सुवालले यस्‍तो बताएका हुन् । उनले धनी मान्छेहरूको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने उनले जिकिर गरे ।


उनले भने, ‘राज्यले धनी मान्छेहरुको नाम प्रतिष्ठा र इज्जतको हो भनेर सार्वजनिक गराउनुपर्छ केही सम्पत्तिलाई । जसको धेरै सम्पत्ति छ, धेरै प्रतिष्ठित मान्छे हो तपाईंहरू भनेर सम्पत्ति सार्वजनिक गराउनुपर्‍यो । धनीको सूची प्रकाशित गरौँ । भत्तासँगै उमेर भएका मान्छेहरूलाई सिपमुलक रोजगारी दिउँ ।’

उनले उमेर भएका मान्छेहरूलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सिपमुलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने पनि बताए ।


Author

थप समाचार
x