राजनीति

प्रेस युनियन काभ्रेको अध्यक्षमा अधिकारी

इकागज |
असार १६, २०७९ बिहीबार १२:३८ बजे

काभ्रे- नेपाल प्रेस यूनियन काभ्रेको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् ।  जिल्ला भेलाबाट अधिकारीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हाे ।

उपाध्यक्षमा देवराज केसी, महिला उपाध्यक्षमा सम्झना हुमागाई, सचिवमा शुभराज अधिकारी, सह–सचिवमा सचित खड्का, समावेशी सह– सचिवमा इन्द्रबहादुर थापा र कोषाध्यक्षमा सरोज अधिकारी सर्वसम्मत चयन भएका छन् ।


यस्तै कार्यसमिति सदस्यहरुमा, राजन दाहाल, रोशन पौडेल, पुजन धिताल,रवि धिताल, शोभा हुमागाई, पुरुषोतम ढकाल,विपाश्रा शाक्य, भक्त दाहाल र ज्योती श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । भेलाले यही साउन ६ र ७ गते हुन गईरहेको महाधिवेशनका लागि पनि केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । केन्द्रीय प्रतिनिधिहरुमा भोला थापा, नारायण सापकोटा, महेश पौडेल, बद्रीराज तिमल्सिना, प्रदिप केसी, शिखर चिमौरीया, कपिल कोइराला, रघुनाथ हुमागाई, शंकर अधिकारी, शिव दाहाल, ज्ञानमणी नेपाल, सूर्य लाकाजु, कविता शर्मा र इन्द्रलक्ष्मी घिमिरे सर्वसम्मत चयन गरिएको छ ।

त्यस्तै भेलाले प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ । प्रदेश प्रतिनिधिहरुमा, नवराज सापकोटा, सरोज सापकोटा, राजेन्द्र तिमल्सिना,सुमन गिरी, सन्तोष तिमल्सिना, मोहनकृष्ण तिमल्सिना, रोशन तिमल्सिना, दिलीप आचार्य, पुरुषोतम ढकाल, दिपक चौलागाई, हिराकाजी लामा, दुर्गा घलान, जानुका खनाल र सनम सुवाल चयन भएका छन् ।


Author

थप समाचार
x