राजनीति

जनप्रतिनिधि अग्रपङ्क्तिका सिपाही : उपमहासचिव ज्ञवाली

इकागज |
असार १४, २०७९ मगलवार १९:५० बजे

फाइल तस्बिर

चितवन- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपङ्क्तिका सिपाही भएको बताएका छन् । 

७१ औँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन चितवनले आज यहाँ आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले हिजोको लडाइँ लोकतन्त्रका लागि र आजको लडाइँ समृद्धिका लागि रहेको उल्लेख गरे ।


एमाले चितवनका जनप्रतिनिधि सहभागी उक्त कार्यक्रममा उपमहासचिव ज्ञवालीले लोकतन्त्रको जगमा जनतालाई समृद्ध बनाउनुपर्ने बताए । उनले भने,  'जनतालाई समृद्ध जीवन दिन सक्छौँ कि सक्दैनौँ आज हाम्रा सामुको अग्निपरीक्षा यही हो ।' जनप्रतिनिधिलाई विकास र समृद्धिको संवाहक बन्‍न उनले आग्रह गरे ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, प्रभा बराल र कपिल पोखरेल, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी, फाउण्डेशनका जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराई, उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम विष्टलगायतले आ-आफ्नो धारणा राखेका थिए ।
 
यसअघि उपमहासचिव ज्ञवालीले स्वर्गीय भण्डारीको शव प्राप्त भएको भरतपुरको गाँजीपुरमा वृक्षरोपण गर्नुका साथै त्यहाँ रहेको उनको सालिकमा माल्यार्पण गरेका थिए ।


Author

थप समाचार
x