राजनीति

अध्यक्ष ओलीको आरोप : माओवादी केन्द्रले सभामुख पदमा एमसीसी साट्‍यो

इकागज |
असार १४, २०७९ मंगलबार १९:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) ले सभामुख पदमा एमसीसी साटेको आरोप लगाए छन् ।

मंगलबार काठमाडौँमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले गलत छ भनेर जनतालाई उचाल्ने र सदनबाट पास गर्ने काम माओवादीले गरेको बताए । अध्यक्ष ओलीले अध्यक्ष दाहालले गर्नु हुने र नहुने सबै काम सरकारमा रहेर गरिरहेको दाबी गरे । उनले आफू प्रधानमन्त्री हुँदा र आफूलाई जानकारी गराएर कुनै एसपीपी सम्झौतामा हस्ताक्षर नगरेको भन्दै यदी हस्ताक्षर गरेको पाए देखाउन चुनौती दिए ।


उनले तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री सुशील कोइरालाको पालामा पहिलोपटक एसपीपीको सदस्य हुन पत्र लेखेको र दोस्रो पटक २०७४ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पत्र लेखेको उल्‍लेख गरे । अध्यक्ष ओलीले निर्वाचन आयोगकी निर्वाचन आयुक्त ईश्वरी पौडेलले गठबन्धन र काँग्रेसी पल्टिएर केपी ओलीले एसपीपीमा हस्ताक्षर गरेको भन्‍ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै आरोप प्रमाणित गर्न चेतावनी दिए ।

अध्यक्ष ओलीले अमेरिकी एम्बेसीले आफू प्रधानमन्त्री हुनुपूर्व नै पत्र पठाइएको भन्ने सत्यता बोल्न आग्रह गरे । उनले टिपेस लगाएर र हातले नखेलेको वास्तविक पत्र जनतालाई देखाउन पनि सरकारलाई चुनौती दिए ।


Author

थप समाचार
x