राजनीति

सरकारलाई एसपीपीको सक्कली नयाँ ड्राफ्ट सार्वजनिक गर्न ओलीकाे चुनौती

इकागज |
असार १४, २०७९ मंगलबार १९:५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली नयाँ ड्राफ्ट सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका हुन् । अध्यक्ष ओलीले सरकारले नयाँ ड्राफ्ट ल्याएको र जनताले ठूलो दबाब दिएपछि केही समयका लागि मात्रै स्थगित गरेको आरोप लगाए । उनले जन दबाबको भेललाई शान्त पार्न स्थगित गरेको भने पनि दबाब क्रमशः घट्दै गएपछि पुनः एसपीपी सम्झौतामा लाग्‍ने बताए ।


अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफूले बचाएको गफ दिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ढाँट्ने काम गरिरहेको जिकिर गरे । उनले अध्यक्ष दाहालले केपी ओलीको कार्यकालमा एसपीपी ल्याएको भन्‍ने कुरा फट्याइँ बाहेक अरू नभएको बताए । अध्यक्ष ओलीले गल्ती भए स्वीकार्न मिल्ने तर झुटो बोल्दै नहिँड्न अध्यक्ष दाहाललाई चेतावनी दिए । उनले राष्ट्रियता तमासा देखाउने र नखरा गर्ने चिज नभएको उल्लेख गरे ।


Author

थप समाचार
x