राजनीति

मन्त्रिपरिषद् निर्णय : बुढीगण्डकी बनाउन कम्पनी खोल्ने

इकागज |
असार १४, २०७९ मगलवार १८:५६ बजे

फाइल तस्बिर

काठमाडौँ- बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो ।

ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत् आयोजना निर्माणको काम अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । अर्थ, विद्युत् प्राधिकरण, ऊर्जा, स्थानीय तह, सर्वसाधारणसहितको सेयर राखेर बनाउने निर्णय भएको उनले जानकारी दिए ।


केही समय अघिको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई नदिइ स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो ।


Author

थप समाचार
x