राजनीति

आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने सरकारको तयारी

इकागज |
असार १४, २०७९ मंगलबार १५:६ बजे

फाइल तस्बिर

काठमाडौँ- शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् ।

मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन् । उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको उल्लेख गरे ।


मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारीताका साथ काम गर्ने प्रतिवद्धता समेत जनाए । उनले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको जिकिर गरे ।

मन्त्री चौधरीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू मात्रै इमान्दार भएर मात्रै मुलुक नबन्‍ने भन्दै सबै नेपाली नागरिक समेत इमान्दार हुनुपर्ने उनकाे भनाइ छ । 


Author

थप समाचार
x