राजनीति

श्रममन्त्रीले गरे मन्त्रालयको नीति, कार्यक्रम र बजेट कार्यान्वय गर्ने कार्ययोजना स्वीकृत

इकागज |
असार १३, २०७९ सोमवार १७:५३ बजे

काठमाडौँ - नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वय गर्ने कार्ययोजना स्वीकृत गरेका छन् । 

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि पहिलो निर्णयका रुपमा उनले आर्थिक वर्ष २०७९÷८० का लागि निर्धारित लक्ष्य हाँसिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गरेका हुन् । 


नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । 

श्रममन्त्री कुँवर नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य, संगठन विभागको सदस्यका साथै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन् । 


Author

थप समाचार
x