राजनीति

नेताहरू घमण्डी हुँदा देश बनेनः मन्त्री चौधरी

इकागज |
असार १३, २०७९ सोमवार १५:९ बजे

काठमाडाै‌ । नव नियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरू घमण्डी भएकाले देश अघि बढ्न नसकेको दाबी गरेका छन् ।

सोमबार पद तथा गोपनियताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरे । मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए । उनले नेताहरुले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारिताको खाडल भर्न अब लाग्ने बेला भएको बताए । 


मन्त्री चौधरीले देश बनाउनको लागि सुदृढ र सशक्त प्रतिबद्धता जनाउन आवश्यक रहेको भन्दै घुस खाने नभइ सामूहिक प्रतिवद्धता जनाएर काम गर्नुपर्ने बताए । उनले मन्त्रीहरुले घुस खाँदा पैसा धेरै कमाउने र मुलुक नबन्ने र घुस नखाँदा पैसा नहुने भएकोले अफ्ठ्यारो रहेको बताए ।
 


Author

थप समाचार
x