राजनीति

प्रेम आलेले दिए मन्त्रीबाट राजीनामा

इकागज |
असार १२, २०७९ आइतबार १८:३० बजे

फाइल फोटो

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले राजीनामा दिएका छन् । पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाइसकेका उनले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । उनले आफूले पदबाट राजीनामा दिए पनि सांसदको भूमिकामा रहिरहने र विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहने छ । 

`म यहाँबाट बिदा भएर सिंहदरबारबाहिर सांसदको भूमिकामा रहिरहने नै छु । विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहिरहने छ । समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छु`, आइतबार आयोजति पत्रकार सम्मेलनमा आलेले भने । 


नेकपा एकीकृत समाजवादीले गत जेठ २२ गते नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । 

तर, पार्टीको निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि  पार्टीमा विवाद देखिएको थियो । यसैबीचमा आलेसहितका १० सांसदहरुले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । तर आलेसहितका ६ जनाले फिर्ता लिएका थिए । उनीहरुले मन्त्रीबाट राजीनामा नदिने अडान राख्दै आएका थिए । 


Author

थप समाचार
x