राजनीति

सप्तरीका पाँच स्थानीय तहले अझै गर्न सकेनन् गाउँ तथा नगरसभा

इकागज |
असार ११, २०७९ शनिबार १३:५७ बजे

सप्तरी- सप्तरीका १८ मध्ये १३ स्थानीय तहले नगर तथा गाउँसभा सम्पन्न गरेको छ । उनीहरूले आर्थिक वर्ष २०७९-०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ गाउँ नगर सभा सम्पन्न गरेका हुन् । 

तर, बाँकी पाँच स्थानीय तहले भने गाउँ नगर सभाको मितिसमेत तय गरेका छैनन् । यहाँको सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका बोदेबर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकाले गाउँसभा गर्न  सकेको छैनन् । तयारी नपुगेकोले गाउँ तथा नगरसभा गर्न केही ढिलो हुने जनप्रतिनिधिहरूले बताएका छन् । यद्यपि, तीव्रताको साथ तयारी भइरहेको दाबी गरेका छन् । 


सरकारले १० असारभित्र गाउँ तथा नगरसभा सम्पन्न गरिसक्नु पर्ने सर्कुलर जारी गरे पनि यी स्थानीय तह असफल भएका छन् ।


Author

थप समाचार
x