राजनीति

नगदी बार्गेनिङ गर्ने न्यायाधीश र वकीललाई तत्काल कारबाही गर्न राप्रपाको माग

इकागज |
असार ९, २०७९ बिहीबार १७:७ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले न्यायाधीश–वकील घूसवार्ता प्रकरणका दोषीहरुलाई तत्काल पदबाट हटाई कुनै पनि न्यायिक तथा कानुनी कार्यमा संलग्न हुन नपाउने गरी अविलम्ब कारबाही गर्न माग गरेको छ ।

राप्रपाले आज न्याय परिषद्मा एक ज्ञापन पत्र बुझाउँदै कानुन र न्यायप्रतिको विश्वास र भरोसालाई डगमगाउन नदिई कानुनी राज्यको प्रत्याभूति दिलाउन घूसवार्ता प्रकरणमा सार्वजनिक भएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र कानुन व्यवसायी रुद्र पोखरेललाई तत्काल कारबाही गर्न माग गरेको हो। 
राप्रपाले सामानय मानिसको लागि समेत कानुनको अनभिज्ञता क्षम्य नहुने उल्लेख गर्दै इच्छाराज तामाङलाई धरौटीमा छुटाउनकै लागि भनी गरिएको नगदी बार्गेनिङले न्याय र काननुको अग्रपंक्तिको भूमिका बोकेको न्यायालयका अन्तर्गतको न्यायमूर्तिलाई कानुन बमोजिमको कारबाही गर्न माग गरेको छ।


राप्रपाका केन्दीय प्रवक्ता ज्ञानेन्द्र शाहीले आज न्याय परिषद् सचिवालय पुगी त्यहाँका कर्मचारीलाई ज्ञापन पत्र बुझाएका थिए । 
 


Author

थप समाचार
x