राजनीति

अदालतको आदेशकै कारण कालो सूचीमा रहेका ठेकेदारहरुलाई कारबाही गर्न सकिएन : मन्त्री यादव

इकागज |
असार १, २०७९ बुधबार १८:२९ बजे

फाइल तस्बिर

काठमाडाैँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले अदालतको आदेशका कारण कालो सूचीमा रहेका ठेकेदारहरूलाई कारबाही गर्न नसकिएको स्पष्टिकरण दिएकी छन् ।

मन्त्री यादवले अदालतको आदेशकै कारण हुलाकी राजमार्गको हजारौं ठाउँको काममा अवरोध भइरहेको पनि स्पष्ट पारिन् । बुधबार मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले अदालतले कुरै नबुझी आदेश दिएका कारण कालो सूचीमा रहेका ठेकेदारहरूले उन्मुक्ति पाउने गरेको गुनासो गरिन् ।


मन्त्री यादवले हुलाकी राजमार्ग निर्माणका लागि जग्गाको मुआब्जाको विषयमा अदालतले आदेश दिएकाले त्यहाँको हजारौं ठाउँको काम अघि बढ्न नसकेको तर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराइन् । 

यस्तै जग्गाको मुआब्जाको विषय भौतिक पूर्वाधारको विकासका लागि धेरै ठूलो समस्या भएको मन्त्री यादवको भनाइ थियो । 


Author

थप समाचार
x