राजनीति

व्यास नगरपालिका : जोशीमाथि भारी बन्दै न्यौपाने

इकागज |
जेठ ७, २०७९ शनिबार १९:५६ बजे

काठमाडौँ – तनहुँको व्यास नगरपालिकामा भइरहेको मतगणनामा नेपाली कांग्रेसका बैकुण्ठ न्यौपाने र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीबीच प्रतिस्पर्धा तीव्र छ । २० हजार ५ सय ४६ मत गणना हुँदा जोशीलाई कांग्रेसका न्यौपानेले २५९ मतले उछिनेका छन् । 

व्यास नगरका पूर्व मेयर समेत रहेका न्यौपानेले ८ हजार ३ सय ९५ मत ल्याउँदा कैचीं चिन्ह लिएर एमालेको समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार जोशीले ८ हजार १ सय ३६ मत ल्याएका छन् । 


जोशी पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीका छोरा हुन् । गोविन्दराज जोशी र रामचन्द्र पौडेलबीचको मनमुटाव दोस्रो पुस्तासम्म आइपुगेको छ । जोशीलाई व्यास नगरको मेयरमा एमालेले समर्थन दिएको थियो । 

स्थानीय निर्वाचनको दिन वैशाख ३० गते व्यास नगरपालिकाको रिस्तीमा कांग्रेसका कार्यकर्ताबाट कुटिएर अस्पतालमा उपचारपछि जोशी हिजो मात्रै डिस्चार्ज भएका हुन् । 
 


 


Author

थप समाचार
x