राजनीति

स्थानीय तह निर्वाचन

भरतपुरमा रेनुले लगातार अग्रता बढाउँदै

इकागज |
जेठ ७, २०७९ शनिबार १७:३४ बजे

चितवन – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार १ सय ३८ मतले अग्रता लिएकी छन् । हालसम्म ७८ हजार ३ सय १५ मतगणना हुँदा उनले ३० हजार ३ सय ९४ मत प्राप्त गरेकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार २ सय ५६ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ६ सय २४ मत पाएका छन् ।


त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३२ हजार ८ सय २९ र राप्रपाकी हिमला गुरुङले १८ हजार ८ सय २७ मत  प्राप्त गरेकी छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार महानगरको १४ वडासम्मको मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा १५ र १६ को मतगणना जारी छ । 

महानगरमा २९ वडा छन् । कुल १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । जम्मा मतदाताको ६८ दशमलव ६८ प्रतिशत मत खसेको थियो ।  


Author

थप समाचार
x