भरतपुरमा रेनु झन् झन् बलियाे बन्दै

चितवन – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार ३० मतले अग्रता लिएकी छन् । हालसम्म ७७ हजार ७ सय ९४ मतगणना हुँदा उनले ३० हजार १ सय १७ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार १ सय ४६ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ६ सय २४ मत पाएका छन् ।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३२ हजार ५ सय ५८ र राप्रपाकी हिमला गुरुङले १८ हजार ७ सय १ मत प्राप्त गरेकी छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार महानगरको १४ वडासम्मको मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा १५ र १६ को मतगणना जारी छ ।
महानगरमा २९ वडा छन् । कुल १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । जम्मा मतदाताको ६८ दशमलव ६८ प्रतिशत मत खसेको थियो । अहिलेसम्म ७७ हजार ७ सय ९४ मत गणना भएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया