राजनीति

खरिपाटीको दुई सय वर्ष पुरानो मन्दिर पुननिर्माणको पर्खाइमा

इकागज |
जेठ ७, २०७९ शनिवार १५:१२ बजे

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनर्निमाण हुन नसकेर ओझेलमा परेको छ । लगभग दुई सय वर्षभन्दा बढी पुरानो मानिएको यो मन्दिर भूकम्पपछि कुनै किसिमको जगेर्ना हुन सकेको छैन् ।

स्थानीय निकायको निर्वाचनपछि धेरै ठाउँंमा धेरै विकासको काम भए पनि यहाँंको यो मन्दिर पुनर्निमाणको पर्खाइमा छ । भत्किएर मन्दिरको स्वरुप नै बिग्रिएको छ ।


परम्परादेखि कृष्ण जन्माष्टमीमा चल्दै आएको ९ मुरी, ९ पाथी, ९ माना र ९ मुठी चामलको भतेर खुवाउने चलन यहाँं थियो । तर, केही समय अगाडि १÷१ माना चामल भए पनि वितरण गरिएको थियोृ । तर, हाल यो कार्य स्थगित भई मन्दिर बेवारिसे अवस्था रहेको स्थानीयले बताए । गुठीसँग समन्वय गरी मन्दिरको पुनर्निमाणका लागि नयाँ निर्वाचित स्थानीय जनप्रतिनिधि पहल गर्ने आशा स्थानीय विन्दु घिमिरेले गरे ।
 


Author

थप समाचार
x