दल

एमालेले भन्याे -'निर्वाचन धाँधली भयाे'

इकागज |
जेठ १, २०७९ आइतबार १८:२१ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सरकारले योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका हुन् ।

एमालेले आचारसंहिता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको र मतगणनामा पनि गठबन्धनले धाँधली गरेको एमालेको आरोप छ । एमालेले निर्वाचनप्रति असन्तुष्टि जनाउँदै गठबन्धनमाथि विभिन्न १५ बुँदे आरोप लगाएको छ ।​


 


Author

थप समाचार
x